दक्षिण कोरियामा भारी वर्षा, ९ को मृत्यु, ७ बेपत्ता
काठमाडौं (एजेन्सी) । दक्षिण कोरियामा अत्यधिक बर्षाका कारण कम्तीमा थप नौ जनाको मृत्यु भएको छ ।
सरकारी अधिकारीहरूले बर्षापछिका घटनामा परी अरु सात जना बेपत्ता भएको जानकारी दिएका छन् । देशको राजधानी सोल र आसपासका क्षेत्रमा नै यस्ता घटना भएका हुन् ।
बुधबारसम्ममा ५०० मिलिमिटर बर्षा भएको मौसम विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।
मृत्यु भएका मध्ये एक जना चिनियाँ नागरिक रहेको दक्षिण कोरियास्थित चिनियाँ दूतावासले जनाएको छ । स्थानीय समय अनुसार मङ्गलबार दिउसो ४।२३ मा ग्येयोङ्गी प्रान्तमा ती व्यक्तिको पहिरोमा परी मृत्यु भएको हो ।
बर्षापछिका घटनाका कारण सोल र ग्येयोङ्गीका क्षतिग्रस्त ३९८ घरका ५७० जना विस्थापित भएका छन् ।
उनीहरूलाई विभिन्न आश्रय स्थलहरुमा लगेर राखिएको छ ।
अहिले दक्षिण कोरियामा देशभरी गरेर कूल एक हजार २५३ जना बर्षाका कारण विस्थापित भएका छन् । उनीहरू ७२४ घरका हुन् ।
बर्षाका कारण दुई हजार ६०० घर क्षतिग्रस्त भएका छन् भने धेरै सवारी साधन डुवानमा परेका छन् । बर्षाले सडक, विद्युत, सञ्चारलगायतका सेवाहरूलाई पनि प्रभावित पारेको अधिकारीहरुले जनाएका छन् । कतिपय ठाउँमा ती सेवा अवरुद्ध भएका छन् । सेवा सूचारु गर्नका लागि प्रयास भइरहेको अधिकारीहरूको भनाइ छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया