भारत : जगदीपले लिँदै आज उपराष्ट्रपतिको शपथ
काठमाडौं । जगदीप धनखरले आज दिउँसो १२ः३० बजे देशको १४ औँ उपराष्ट्रपतिको रूपमा सपथ लिने भएका छन् ।
राष्ट्रपति द्रौपदी मुर्मूले नवनिर्वाचित उपराष्ट्रपतिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनेछिन् ।
२०१९ देखि पश्चिम बंगालका राज्यपाल रहेका जगदीप धनखर हालै सम्पन्न निर्वाचनमा मार्गरेट अल्वालाई पराजित गर्दै विजयी भएका थिए ।
राजस्थान जिल्लाको झुन्झुनु जिल्लाको किथाना गाउँमा १८ मे १९५१ मा जन्मिएका जगदीपले आफ्नो प्रारम्भिक शिक्षा (कक्षा एकदेखि पाँच) गाउँकै सरकारी विद्यालयमा गरे। त्यसपछि उनले छात्रवृत्ति पाए र चित्तौडगढको सैनिक स्कूलमा भर्ना भए।
धनखरले प्रतिष्ठित महाराजा कलेज जयपुरबाट डिग्री हासिल गरेका छन् । उनले राजस्थान विश्वविद्यालयबाट कानूनमा एलएलबी पनि गरेका छन् ।
धनखरको राजनीतिक करियर सन् १९८९ देखि सुरु भएको थियो । त्यस वर्ष उनले भाजपाको समर्थनमा जनता दलको टिकटमा झुन्झुनुबाट लोकसभा चुनाव लडे र पहिलो पटक सांसदमा विजयी भए। उनी केन्द्रमा मन्त्री पनि भइसकेका छन् ।
२० जुलाई २०१९ मा केन्द्र सरकारले धनखरलाई पश्चिम बंगालको गभर्नरमा नियुक्त गरेको थियो । बंगालमा सत्तारुढ तृणमूल कांग्रेससँगको उनको टकरावले त्यस समय चर्चा पाएको थियो ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया