‘नाडा इभी एक्सपो २०२२’ आयोजना हुँदै
काठमाडाैं । नाडा अटोमेबाइल एशोशिएसन अफ नेपालले नाडा इभी एक्सपो २०२२ गर्ने निर्णय गरेको छ ।
नाडाका अध्यक्ष धुव्र थापाको अध्यक्षतामा आज बसेको नाडाको केन्द्रीय कार्य समितिको आठौ बैठकले पहिलो पटक ‘नाडा इभि एक्सपो २०२२’ गर्ने निर्णय गरेको हो ।
उक्त इभी एक्सपो आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाडाैंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुन लागेको नाडाले जनाएको छ ।
यसभन्दा अघि नाडाले भदाै ७ गतेदेखि १२ गतेसम्म गर्ने भनेको नाडा अटो शो स्थगित गरेको थियो । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरेपछि नाडाले ‘नाडा अटो शो’ स्थगित गरी विशुद्ध ‘इभि एक्सपो २०२२’ गर्ने निर्णय गरेको हो ।
नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दे आएको छ । नाडाले भदाै १ गते देखि ५ गतेसम्म स्टल बुकिङका लागि सूचनासमेत प्रकाशित गरिने नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए ।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सवैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया