हुमागाईँ राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षक नियुक्त
काठमाडौं । प्रदीप हुमागाईँलाई नेपाली राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षक नियुक्त गरिएको छ ।
नेपाल र बंगलादेशबीच हुने मैत्रीपूर्ण खेलका लागि हुमागाईँलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा असोज ११ गते हुनेछ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अनुपस्थित हुने भन्दै एन्फाको कार्यसमिति बैठकले हुमागाईँलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
तर बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अलमुताइरीले यसअघि नै २६ खेलाडीलाई प्रशिक्षणमा बोलाउन एन्फासँग पत्राचार गरेका छन् ।
अमेरिका बस्दै आएका हुमागाईँले एक दशकअघि थ्री स्टार क्लबलाई लिग च्याम्पियन बनाएका थिए । गत वर्ष नेपाल सुपर लिग (एनएसएल)मा उनले ललितपुर सिटी एफसी क्लबको प्रशिक्षण गरेका थिए ।
हुमागाईँसँग अमेरिकामा प्रशिक्षण गरेको अनुभव पनि छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया