परराष्ट्रमन्त्रीले भने : चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने विश्वास दिलाएँ

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनलाई आफ्नो देशविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने विश्वास दिलाएर आएको बताएका छन् ।
चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्केलगत्तै त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चीन भ्रमणका क्रममा आफूले चिनियाँ नेताहरूलाई विश्वास दिलाएको बताएका हुन् ।
परराष्ट्रमन्त्री खड्काले आफूले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको विश्वास दिलाएको बताए ।
साथै उनले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वाससमेत दिलाएको जानकारी दिए ।
परराष्ट्रमन्त्री खड्का साउन २४ गते चीन भ्रमणमा गएका थिए ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया