घुससहित पक्राउ परेका इन्स्पेक्टरलाई सफाइ
काठमाडौं । घुससहित रंगेहात पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर रामबालक रायले विशेष अदालतबाट सफाइ पाएका छन् ।
विशेष अदालतका न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्कोटाको संयुक्त इजलासले बिहीबार उनलाई सफाइ दिएको हो । इलाका प्रहरी कार्यालय, भीमफेदी, मकवानपुरमा कार्यरत रहँदा प्रदेश प्रहरी कार्यालयकै टोलीले ६ असार ०७७ मा उनलाई घुससहित पक्राउ गरेको थियो । टिपर व्यवसायीसँग घुस माग्दै दुःख दिएको भन्ने उजुरीका आधारमा प्रदेश कार्यालयले उनलाई रंगेहात पक्राउ गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बुझाएको थियो ।
भीमफेदीको सगरमाथा होटलमा स्थानीय व्यवसायी दुर्गा लामासँग १२ हजार रूपैयाँ घुस दिएलगत्तै उनी पक्राउ परेका थिए । अख्तियारले २३ असार ०७७ मा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया