ग्रामीण क्षेत्रका सडकमा सिसी क्यामेरा
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-९ को ग्रामीण क्षेत्रका सडकमा सिसी क्यामेरा जडान गरिएको छ । ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि उक्त क्यामेरा जडान गरिएको हो ।
‘पर्यटकीय क्षेत्र धारापानी जाने सडक र असिग्राम मावितर्फ जाने सडक र वडा कार्यालय परिसरमा क्यामेरा जडान गरेका छौँ,’ वडाध्यक्ष रमेशबहादुर ऐरले भने, ‘आपराधिक क्रियाकलाप नियन्त्रणसँगै सडक दुर्घटना न्यूनीकरणमा सघाउ पुर्याउनका लागि क्यामेरा जडान गरिएको छ ।’
वडा कार्यालयले एक लाख ५० हजार खर्च गरी सडक, चोकचोक र संवेदनशील क्षेत्रमा आठभन्दा बढी क्यामेरा जडान गरेको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया