नियम उल्लघंन गर्ने १४ वटा स्कुल बस कारबाहीमा
काठमाडाैं । काठमाडौं उपत्यकामा विभिन्न १४ वटा स्कुल बसलाई प्रहरीले कारबाही गरेको छ । जसमा ६ वटा चालकहरुले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटिएका छन् ।
प्रहरीका अनुसार साउन ८ बाट स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्ल्घंन गर्ने गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान अन्तर्गत आज उपत्यकामा उक्त संख्याका बस कारबाहिमा परेको हो ।
आगामी दिनमासमेत निर्देशिका विपरीत संचालन हुने स्कुलका सवारी साधनलाई कानून बमोजिम कारवाही गर्ने कार्यलाई निरन्तरता प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया