कांग्रेसको भ्रातृ संस्थाले माग्यो राष्ट्रपतिको राजीनामा, नभए महाअभियोग लगाउन माग

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको भन्दै तरूण दलले राजीनामा दिन नभए महाअभियोग लगाएर हटाउन माग गरेको छ । अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले प्रतिशोध साँधेर नागरिकता विधेयक फिर्ता गरेको आरोप लगाउँदै दलले यस्ताे माग गरेकाे हाे ।
नागरिकलाई संविधानले दिएको अधिकार कुण्ठित गर्ने काम गरिमामय पदमा बस्ने राष्ट्रपतिलाई नसुहाउने भन्दै दलले राजीनामा दिन नभए महाअभियोग लगाउन माग गरेको हो ।
‘राष्ट्रको गम्भीर र जनताको जीवनसँग जोडिएको विषयमा खेलवाड गर्ने, बेवास्ता गर्ने र सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनी राजीनामा दिनु उचित हुने अन्यथा महाअभियोगबाट पदच्युत समेत गर्न सार्वभौम संसद र नेपाल सरकारसँग नेपाल तरुण दल केन्द्रीय समिति जोडदार आग्रह गर्दछ ।’ दलको विज्ञप्तिमा भनिएको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया