NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

पूर्वस्वास्थ्यराज्यमन्त्री यादव एमालेमा प्रवेश

काठमाडौँ । माओवादी केन्द्रका प्रभावशाली नेता रामसिंह यादव एमाले प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीेय सदस्यसमेत रहेका नेता यादवले आईतबार एमाले पार्टी कार्यालयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका र खादा लगाएर पार्टी प्रवेश गरेको एमालेले बताएको छ । एमालेका अनुसरा उनीसहित माओवादीबाट ३२ जना एमाले प्रवेश गरेको बताएको छ ।

यादव ०७४ सालको भदौमा माओवादीबाट स्वास्थ्य राज्य मन्त्री बनेका थिए । ०६९ साल नेकपा एमाले छोडेर माओवादी केन्द्रमा गएका यादव पुनः एमालेमा फर्किएका हुन् ।

०४० सालदेखि एमालेलाई बलियो खम्बा बनाएर आफ्नो राजनीतिक यात्रा अगाडि बढाएका यादवले पार्टीभित्र समस्या आएपछि उनी माओवादी केन्द्र प्रवेश गरेका थिए ।

‘लामो समय एमालेमै रहेर काम गरें,’ उनले भने, ‘बीचमा केही समस्या उत्पन्न भएपछि एमाले छोडेर माओवादीमा गएको थिएँ । अब फेरि आफ्नो पुरानो घरमा फर्केको हुँ ।’
माओवादीभित्रको अस्तव्यस्त अवस्थाले कम्यूनिस्ट आन्दोलन र माओवादी केन्द्रलाई नै समस्यामा पर्ने बताए ।