पदबहाली गर्दै अर्थसचिव पुष्करले कर्मचारीलाई भने, ‘उच्च मनोबलका साथ काम गर्नू’
काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्करले आज पदभार ग्रहण गरेका छन् । यसअघि राजस्व सचिव रहेका पुष्करलाई बिहीबारको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिव नियुक्त गरेको थियो ।
आज पदभार ग्रहाण गर्दै उनले मातहतका कर्मचारीलाई आफ्नो ‘मोरल’ उच्च बनाएर काम गर्न निर्देशन दिएका छन् । देशमा आर्थिक संकटको बहस चुलिएको समयमा अर्थसचिवको कुर्सीमा पुगेका सचिव पुष्करले कार्यकालमा चुनौतका चाङ झेल्नुपर्ने स्वीका गरिसकेका छन् ।

‘हामीलाई आर्थिक चुनौतीहरू छन् । त्यसलाई चिर्दै काम गर्न सबैको सहयोग चाहिन्छ,’ मातहतका कर्मचारीसँग उनले भने, ‘मैले सबैबाट साथ र सहयोगको अपेक्षा गरेको छु । यो टिमले मुलुकको आर्थिक चुनौतीको सामाना गर्नुपर्छ त्यसैले उच्च मनोबलका साथ काम गर्नू ।’
करको दर हेरफेर प्रकरणमा मुछिएपछि राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्माको पुनर्बहाली भएसँगै पूर्वअर्थ सचिव मधुकुमार मरासिनीले अर्थ सचिवले प्रधानमन्त्री कार्यालयमा सरूवा लिएका थिए । उनको सरुवा भएसँगै सरकारले पुष्करलाई अर्थसचिव र रामेश्वर दंगाललाई राजश्व सचिवको जिम्मेवारी दिएको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया