फिफाद्वारा भारतीय फुटबल महासंघ निलम्बित
काठमाडौं । फिफाले भारतीय फुटबल महासंघलाई निलम्बन गरेको छ । राजनीतिक हस्तक्षेप भएको भन्दै विश्व फुटबलको सर्वोच्च संस्था फिफाले भारतीय फुटबल महासंघलाई निलम्बन गरेको हो ।
फुटबल संघ निलम्बनमा परेपछि भारतबाट यु–१७ महिला विश्वकप फुटबल पनि अर्को देशमा सर्ने पक्का भएको छ ।
यतिमात्रै होइन निलम्बनमा परेपछि भारतले महिला साफ च्याम्पियनसीप पनि खेल्न नपाउने भएको छ । यो प्रतियोगिताका अहिलेसम्मका सबै संस्करण भारतले जितेको थियो ।
भारतले पाँचवटा उपाधि जित्दा चारपटक नेपाललाई नै हराएको थियो । तर अब भारत प्रतिबन्धमा परेपछि नेपाललाई उपाधि जित्ने अवसर आएको छ । यो प्रतियोगिता २९ भदौदेखि असोज ३ सम्म काठमडौंमा हुँदैछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया