रुसको आक्रमणमाथि युक्रेनी खेलाडीको प्रदर्शन : ‘युक्रेनमा युद्ध नगर’
काठमाडौं । युरोपा लिग खेलिरहेका युक्रेनका खेलाडीले रुसले आफ्नो देशमाथि गरेको आक्रमणको विरोध जनाएका छन् ।
इटालियन क्लब एट्लान्टाबाट खेलिरहेका युक्रेनी स्ट्राइकर रुस्लान मालिनोभास्कीले युरोपा लिगको खेलपछि गएराति ’युक्रेनमा युद्ध नगर’ लेखिएको टिसर्ट प्रदर्शन गरेका थिए । सो खेलमा उनले २ गोलसमेत गरेका थिए ।
यतिबेला खेलाडीहरूले युक्रेनमाथि भएको आक्रमणको विरोध गरेका छन् । जसमा युरोपेली क्लब र समर्थकहरूको पनि साथ रहेको छ ।
गएराति नै स्पेनिस क्लब बार्सिलोना र नापोलीबीचको खेलपछि दुबै क्लबका खेलाडीले ’युद्ध रोकौं’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।
रुसको आक्रमणविरुद्ध स्पेनिस क्लबका समर्थकले गरे युक्रेनी झण्डासहित प्रदर्शन
युक्रेनमाथि रुसी आक्रमणको विरोधमा बार्सिलोना र नापोलीका खेलाडीको प्रदर्शन, भने, ‘युद्ध रोकौं’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया