रुसी सेना युक्रेनको राजधानी किएभ पुग्यो, ३३ वटा गैरसैनिक क्षेत्रमा बमबारी
काठमाडौं । आज दोस्रो दिन पनि रुसले युक्रेनको आक्रमण जारी राखेकाे छ ।
यसैबीच, रुसी सैनिकहरू युक्रेनको राजधानी किएभ पुगेका छन् । सो क्षेत्रमा ठूलाठूला विस्फोटनको आवाज सुनिएको छ।
युक्रेनको रक्षा मन्त्रालयले ट्विटरमा ‘शत्रु’ ओबोलोन क्षेत्र आइपुगेको जानकारी दिएको छ ।
युक्रेनी अधिकारीहरूले स्थानीय बासिन्दालाई प्रतिकार गर्न प्रोत्साहित गरेको बिबिसीले जनाएको छ ।
साथै, अधिकारीहरूले बृद्ध–बृद्धा र केटाकेटीहरूलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन् ।
युक्रेनी आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीले रुसी सेनाले दर्जनौँ गैरसैनिक स्थललाई निसाना बनाइरहेको जनाएको छ ।
२४ घण्टामा ३३ वटा गैरसैनिक स्थलमा हमला भएको उनको दाबी छ ।
रुसी फौज तीव्र गतिमा सहर पसिकेको छ । उनीहरू उत्तर, पूर्व र दक्षिणतिरबाट राजधानी किएभतर्फ बढिरहेको बताइएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया