गठबन्धन जोगाउन माओवादीका मन्त्रीको प्रस्तावमा के छ ?
काठमाडौं । सत्ता गठबन्धनलाई पनि जोगाउने र एमसिसी पनि पास गर्ने गरी माओवादीका मन्त्रीहरूले प्रस्ताव अघि सारेका छन् । अहिलेको सत्ता गठबन्धन पनि जोगिने र एमसिसी पास हुने गरी कांग्रेसलाई सघाउनुपर्ने प्रस्ताव माओवादीका मन्त्री बन्नेहरूलेृ केन्द्रीय कार्यालयको बैठकमा राखेका हुन् ।
एमालेको संसद अवरोध जारी गरे माओवादीका तर्फबाट सांसद अनुपस्थित भएर एमसिसी पास गराउने वातावरण बनाउनुपर्ने प्रस्ताव उनीहरूको छ । यस्तो हुँदा एकातिर एमालेको विरोध जारी रहने र अर्कोतिर ध्वनीमतको आधारमा एमसिसी पास हुने उनीहरूको मत छ ।
यसलाई अध्यक्ष प्रचण्डले पनि मध्यमार्गी प्रस्तावको रुपमा लिएका छन् । बैठकमा माओवादीमात्र होइन नेकपा एससहितका दल पनि अनुपस्थित हुनुपर्छ । तर एमसिसीको विपक्षीमा भोट हाल्ने अडान राख्दै आएका नेता नारायणकाजी श्रेष्ठ भने यो प्रस्तावको विपक्षमा रहेका छन् ।
एमालेसँग निर्णायक वार्ता नभएपछि प्रधानमन्त्री देउवा पनि यही गठबन्धनमा मध्यमार्गी प्रस्ताव आए आफू मानेर जान तयार रहेको बताइसकेका छन् । यसका लागि देउवाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग संवाद गरिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि देउवाले संवाद गर्दैछन् ।
कांग्रेसभित्र पनि कुरा मिल्छ भने सत्ता गठबन्धनकै सहमतिमा एमसिसी पास गरेर जाँदा व्यवहारिक हुने विषय पछिल्लो समय उठेको बताइएको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया