NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

स्वास्थ्यका लागि खाना र राेटी कुन फाइदाजनक ?

काठमाडौं । सामान्यतया हामी खानामा खाना र रोटी खान रुचाउँछाैं । यी दुई आहार हाम्रो जिवनको महत्वपूर्ण भाग हो । खाना खान मन नलाग्दा हामी रोटीलाई प्राथमिकता दिन्छौं । व्रतमा खाना खानु हुदैन् भन्ने मान्यता पनि छ ।  खाना भन्दा रोटिलाई शुद्धसमेत मानिन्छ । हामीले खाने जुनसुकै खानेकुरा खादाँ ऊर्जा मिल्ने खानामा ध्यान दिनुपर्छ । तर तौल घटाउने चाहने मान्छे भने विभिन्न प्रकारका तौल घटाउने उपायको प्रयोग गर्छन्।

कतिपय मानिस तौल घटाउन रोटी वा खाना कुन खाँदा ठिक भन्ने दुविधामासमेत रहन्छन् । धेरैले तौल घटाउँदा अन्न खान छोड्छन् । तर तौल घटाउन अन्न खान छोडनु ठिक होइन, किनकी फेरि खाना खान थाल्दा तौल पहिलेको भन्दा बढ्छ । यस्तोमा कुन खाना खाने भन्ने कुरा व्यक्तिमा निर्भर हुन्छ । व्यक्तिको शरीरमा आफ्नै प्रकारको प्रतिक्रिया हुन्छ । यसले गर्दा कोहि व्यक्ति रोटीमा नै सन्तुष्ट हुन सक्छन् भने कोहि खानामा कुनै पनि चिज धेरै खाँदा तौल बढ्छ । आहारविद्का अनुसार खाना र रोटी जुन खाँदा पनि खाने शैली ठिक र स्वस्थ हुनुपर्छ । कुनै पनि खानेकुरा धेरै खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ।

खाना र रोटीमा खासै फरक नहुने पोषणविद् बताउँछन् । यी दुबैको क्यालोरी र पोषण लगभग उस्तै हुन्छ । यो दुईमा फरक हुने सोडियमको मात्रा हो। चामलको तुलनामा रोटीमा सोडियमको मात्रा धेरै हुन्छ । जबकि चामलमा सोडियमको मात्रा न्युन हुन्छ । खानाको तुलनामा रोटीमा प्रोटिन र फाइबरको मात्रा बढी हुन्छ, जसले गर्दा पाचन प्रणाली बलियो हुन्छ । रोटी खाँदा लामो समयसम्म भोक लाग्दैन् । जसले गर्दा तौल घटाउन चाहनेलाई रोटी खान सल्लाह दिइन्छ।

रोटी पचाउन बढी समय लाग्छ जसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ। खानामा धेरै मात्रामा स्टार्च हुन्छ, जसले गर्दा खाना शरीरले सहजै पचाउन सक्छ । पेट राम्रो नहुनेका लागि खाना स्वास्थ मानिन्छ । खाना र रोटी दुवै स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । खाना भन्दा रोटीमा अझ बढि पोषण तत्व पाइन्छ ।  त्यस्तै, खानाले  रगतमा चिनीको मात्रा छिटो बढ्छ भने रोटी खाँदा त्यस्तो हुँदैन । तौल घटाउन चाहनेका लागि खानाभन्दा रोटी स्वास्थ्यका लागि राम्रो मानिन्छ । रोटी खाँदा लामो समयसम्म भाेक लाग्दैन् । जसले तौल घटाउनसमेत सहयोग गर्छ । तर पाचन सम्बन्धी समस्या भएका व्यक्तिका लागि भने खाना खान  सल्लाह दिइन्छ। तर कुन खाना खाँदा आफुलाई प्रभावकारी हुन्छ भन्ने कुरामा भने ध्यान दिनु जरुरी हुन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष