वैदेशिक रोजगार विभागको जिम्मेवारी उमाकान्त आचार्यलाई
काठमाडौं । सरकारले वैदेशिक रोजगार विभागको जिम्मेवारी सहसचिव उमाकान्त आचार्यलाई दिएको छ ।
आचार्यलाई मन्त्रिस्तरीय निर्णयबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले महानिर्देशकको जिम्मा दिलाएका हुन् ।
यसअघि विभागको नेतृत्व सहसचिव शेषनारायण पौडेलले सम्हालिरहेका थिए । पौडेल अध्ययन विदामा बसेसँगै रिक्त भएको उक्त पदमा आचार्य नियुक्त भएका हुन् ।
सहसचिव आचार्य यसअघि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशक थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया