मस्कले म्यानचेस्टर युनाइटेड किन्ने कुरा मजाक मात्रै !
एजेन्सी । विश्वका चर्चित धनाढ्य एलन मस्कले फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्नेबारे गरेको संकेत मजाकमात्रै भएको बताएका छन् । बुधबार ट्विटरमा आफू युनाइटेड किन्न तयार भएकोबारे लेखेको ट्विट मजाक भएको भन्दै उनले अर्को ट्विट लेखेका हुन् ।
सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा मस्कले फुटबल क्लब युनाइटेड खरिद गर्नेबारे हल्ला व्यापक भएपछि मस्कले ‘स्टाण्ड अप कमेडी’ मा पनि आफू माहिर भएको भन्दै उनले उक्त ट्विटलाई मजाकको संज्ञा दिएका हुन् ।
टेस्ला तथा स्पेसएक्सका मालिक मस्कले यसअघि पनि ४४ बिलियन डलरमा ट्विटर खरिद गरेका थिए ।
केही दिनअघिमात्रै युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार व्यहोरेको थियो । लिगमा सर्वाधिक सफल क्लब युनाइटेडले ब्रेन्टफोर्डसँग ४–० गोलको नमिठो पराजय भोगेको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया