मंसिरपछि माओवादी र एकीकृत समाजवादीबीच एकता हुने, यस्तो छ नेकपा एसको निर्णय
काठमाडौं । एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकताका लागि संयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले मंसिरकाे निर्वाचनपछि पार्टी एकतालाई अगाडि बढाउने गरी समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
गत भदौ २ गते एमालेबाट माधव–झलनाथ समूह अलग भइ एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । निर्वाचनअघि एउटै समाजवादी केन्द्र बनाएर चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरेका थिए ।
निर्वाचनअघि पार्टी एकता गरेर जान सम्भव नभएपछि एकता संयोजक समिति बनाएर चुनाव लड्न प्रचण्ड–माधव सहमत भएका थिए । बुधबारमात्र माओवादीले बाबुराम र वामदेव नेतृत्वको पार्टीलाई माओवादीको चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको थियो ।
एकीकृत समाजवादी र जसपासँग संयोजन समिति बनाएर चुनावी प्रतिस्पर्धा गर्ने सममति भएको अध्यक्ष प्रचण्डले जानकारी दिएका थिए । उनले अगाडि नेकपा रहेपनि त्यसमा समाजवादी वा अन्य त्यस्तै कुनै नाम रहने बताएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया