बम विष्फोटको तालिबानद्वारा निन्दा

काबुल । तालिबानले बुधबार अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा भएको आक्रमणको निन्दा गरेको छ । अफगानिस्तानको राजधानी काबुल शहरमा रहेको एक मस्जिनमा भएको बम विस्फोटमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । बुधबार साँझ प्रार्थनाका क्रममा सो विस्फेटमा परी अरु ४० घाइते भएका काबुलका सुरक्षाकर्मीहरूले जानकारी दिएका छन् ।
अपराधका दोषीहरूलाई छिट्टै पक्राउ गरी सजाय दिइने इस्लामिक इमिरेट्सका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक ट्विटमार्फत बताएका टोलो समाचार समितिले जानकारी दिएको छ ।
साँझको प्रार्थनाका समयमा सो मस्जिदको परिसरमा सो भएको आक्राणबाट घाइते भएका ४० जनालाई अस्पताल पु¥याइएको जनाइएको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या बढ्न सक्नेसमेत अनुमान गरिएको छ ।
तालिबानले अफगानिस्तानमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरे पनि इस्लामिक स्टेटले देशभरि सर्वसाधारण र प्रहरीमाथि आक्रमण जारी राखेको छ ।
अफगानिस्तानको समाचार समितिका अनुसार तालबवानले हताहतबारे कुनै वक्तव्य जारी गरेको छैन । विस्फोटको अहिलेसम्म कुनै पनि आतङ्कवादी समूहले जिम्मेवारी लिएको छैन । यस आक्रमणमा मारिएमा अमिर मोहम्मद काबुली नामका एक शीर्ष इस्लामिक धर्मगुरू पनि छन् ।
दुई साताअघि काबुलमा भएका दुईवटा घातक विस्फोटमा १० जनाको मृत्यु हुनुको साथै ४० जना घाइते भएका थिए । इस्लामिक स्टेटले दुवै आक्रमणको जिम्मेवारी लिएको थियो ।
अफगानिस्तानमा तालिबान शासनको एक वर्षको पुगेको यस अवधिमा आक्रमण भएको छ । प्रत्यक्षदर्शीहरुले सो आक्रमण आत्मघातीहरूले गराएका बताएका छन् ।
यसैबीच, अधिकार समूहहरूले तालिबानले मानवअधिकार र महिला अधिकारको सम्मान गर्ने धेरै प्रतिज्ञाहरू तोडेको बताएका छन् । न्यूयोर्कमा रहेको अधिकार समूहले आफ्नो प्रतिवेदनमा तालिबान गरेको मानवअधिकार उल्लघङ्नको व्यापक निन्दा गरेको र देशको डरलाग्दो मानवीय अवस्थालाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूलाई अवरोध गरेको बताएको छ ।
राष्ट्रसङ्घको सन्देश : आतङ्कवादी हमलाबाट मारिएका र घाइतेलाई बिर्सन हुँदैन
काबुलको मस्जिदमा बम विष्फोट हुँदा प्रमुख धर्मगुरूसहित २० जनाको मृत्यु
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया