NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

राष्ट्रसङ्घको सन्देश : आतङ्कवादी हमलाबाट मारिएका र घाइतेलाई बिर्सन हुँदैन

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले आतङककादी क्रियाकलापका कारण घाइते र ज्यान गुमाएका व्यक्तिहरूलाई कहिल्यै पनि बिर्सन नहुने बताएका छन् ।

यस्ता हिंसात्मक हमलामा परेर ज्यान गुमाएका व्यक्तिलाई बिर्सन नहुने तथा यस्ता आक्रमणमा परेर बाँचेका मानिसहरुका आवाज सधैँ सुन्नुपर्ने महासचिव गुटर्रेसले बताएका हुन् ।

आतङ्कवादी हमलामा परेर ज्यान गुमाएका र घाइते भइ बाँचेकाहरूको स्मरणमा हरेक वर्ष अगष्ट २१ मा मनाइने अन्तर्राष्ट्रिय दिवसका अवसरमा दिएको एक भिडियो सन्देशमा उनले सो कुरा बताएका हुन् ।

यस दिन हिंसात्मक हमलामा परेर ज्यान गुमाएका परिवारका सदस्य तथा घाइतेहरुका आवाज सुन्ने र उनीहरूका पिरमर्का सबैले मनन गर्नुपर्ने उनले बताए ।

आतङ्ककारी हमलामा परेर बाँचेका मानिसहरुका समस्या सुनेर उनीहरूलाई बाँकी जीवनमा ससम्मान बाँच्ने अवसर प्रदान गर्ने र समाजमा उनीहरूको अधिकारको संरक्षण गरी न्याय दिलाउने काममा पनि लाग्नुपर्ने उनले बताएका छन् ।

सन्देशमा उनले विश्वका सरकारहरूलाई यस्तो हिंसामा परेर ज्यान बचाएका व्यक्तिहरूको हक अधिकारको संरक्षण र सम्बद्र्धनका लागि काम गर्न पनि आग्रह गरेका छन् ।

यस्ता व्यक्तिहरूको सम्मानका लागि विश्वका सबै नागरिकले एक भएर काम गर्नुपर्ने भन्दै महासचिव गुटर्रेसले यसका साथै दोषीमाथि कारबाही गर्न र आगामी दिनमा यस्ता हिंसाका घटना हुन नदिनका लागि सबैको सहकार्य आवश्यक रहेको पनि सो सन्देशमा बताएका छन् ।

काबुलको मस्जिदमा बम विष्फोट हुँदा प्रमुख धर्मगुरूसहित २० जनाको मृत्यु

 

ताजा अपडेट

नेपालवाच विशेष