इलाममा रोपाईंजात्रा मनाइयो

इलाम । परापूर्वकालदेखि मनाउँदै आइएको रोपाइँ जात्रा आज इलाम बजारमा धुमधामका साथ मनाइएको छ । नेपाल भाषा तथा संस्कृति समाजको आयोजनामा यो पर्व मनाइएको हो । संस्कृतिको रक्षा र नयाँ पुस्तालाई पुराना कुराको जानकारी गराउने उद्देश्यले यो पर्व मनाइएको समाजका अध्यक्ष प्रवीन श्रेष्ठले जानकारी दिए ।
उनले यस वर्ष बन काइला र वन काइलीसमेत निकालिएको छ । जुन पहिला राज्य प्रमुख ९राजा रानी० आउँदा इलाम बजारमा निकालिने गरिन्थ्यो । अघि अघि हल गोरु र हलीको वेषमा कलाकारबीचमा पञ्चेबाजासहित धान रोपेको अभिनयका साथमा कलाकारले रोपाइँ जात्रामा मनोरञ्जन दिने गर्दछन् । साथै मुङ्ग्रे, साधु, माग्ने र जोगीको अभिनयसहित कलाकारले बजार परिक्रम गरेका छन् ।
जिल्लाका विभिन्न बजारमा यो जात्रा मनाइने गरिएको छ । रोपाइँ गरेर गलेका किसानलाई मनोरञ्जन प्रदान गर्न सुरुमा यो पर्व मनाउन थालिएको बताइएको छ । विभिन्न बजारमा लाग्ने हटियाको दिन पारेर यो जात्रा निकालिन्छ ।
पश्चिमी क्षेत्रमा रहेको मंगलबारे बजारमा बुधबार धुमधामका साथ रोपाइँजात्रा पर्व मनाइएको छ । परम्परागत रुपमा मनाइँदै गरेको जात्रा यस वर्ष पनि मनाइएको हो । जात्रा स्थानीय भानुभक्त माविको आयोजनामा निकालिएको हो ।
विक्रम संवत् २०१८ बाट मनाइँदै आएको जात्रा कोरोनाका कारण यस अघिका दुई वर्ष र माओवादी द्वन्द्वका समयमा दुई वर्षबाहेक हरेक वर्ष मनाउँदै आइएको भानुभक्त माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशचन्द्र खनालले बताए ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया