संसद्मा नागरिकता विधेयकको विरोध गर्दै भीम रावलले सुनाए कविता
काठमाडौं । नेकपा (एमाले)का नेता डा. भीम रावलले नागरिकता विधेयकको विरोध गर्दै संसद्मा कविता सुनाएका छन् ।
नागरिकतासम्बन्धी विधेयकको छलफलका क्रममा बिहीबार प्रतिनिधिसभामा उनले कविता सुनाएका हुन् ।
रावलले रोष्ट्रममा आफ्नो धारणा राख्नुअघि कविता सुनाएका हुन् ।
यस्तो छ कविता :
देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ
नागरिकताजस्तो सस्तो छ साह्रै स्वाधीनता दाउमा छ ।
नेता रावलले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको पक्षमा वकालतसमेत गरे । उनले सो निर्णय उचितमात्र नभइ राष्ट्रियता रक्षाका लागि कर्तव्य नै भएको भन्दै प्रशंसा गरे ।
सत्तारुढ दल राष्ट्रिय जनमोर्चाकै सांसद दुर्गा पौडेलले पनि नागरिकताको विरोध गरेकी थिइन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया