संसद्मा नागरिकता विधेयकको विरोध गर्दै भीम रावलले सुनाए कविता

काठमाडौं । नेकपा (एमाले)का नेता डा. भीम रावलले नागरिकता विधेयकको विरोध गर्दै संसद्मा कविता सुनाएका छन् ।
नागरिकतासम्बन्धी विधेयकको छलफलका क्रममा बिहीबार प्रतिनिधिसभामा उनले कविता सुनाएका हुन् ।
रावलले रोष्ट्रममा आफ्नो धारणा राख्नुअघि कविता सुनाएका हुन् ।
यस्तो छ कविता :
देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ
नागरिकताजस्तो सस्तो छ साह्रै स्वाधीनता दाउमा छ ।
नेता रावलले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको पक्षमा वकालतसमेत गरे । उनले सो निर्णय उचितमात्र नभइ राष्ट्रियता रक्षाका लागि कर्तव्य नै भएको भन्दै प्रशंसा गरे ।
सत्तारुढ दल राष्ट्रिय जनमोर्चाकै सांसद दुर्गा पौडेलले पनि नागरिकताको विरोध गरेकी थिइन् ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
प्रतिक्रिया