विवादित ताइवानसँग व्यापार वार्ता गर्दै अमेरिका
एजेन्सी । अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलेसीको विवादास्पद ताइपेइ भ्रमणपछि चीनसँग तनाव बढिरहेका बेला अमेरिकाले ताइवानसँग व्यापार वार्ताको तयारी गरिरहेको छ ।
ताइवानको लोकतन्त्रप्रति समर्थन जनाउँन साङ्केतिक प्रयासस्वरुप वासिङटनले चीनको स्वशासित क्षेत्र ताइवानसँग विस्तृत व्यापार सन्धिका निम्ति वार्ताको योजना बनाएको हो । सभामुख पेलोसीको भ्रमणपछि ताइवानलाई तर्साउन बेइजिङले समुद्रमा मिसाइल प्रहारको सैन्य अभ्यास गरेपछि बिहीबार वासिङटनले व्यापार वार्ताको घोषणा गरेको हो ।
अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले बेइजिङसँगको तनावबारे केही उल्लेख गरेको छैन तर व्यापार र नियामक सहयोग बढाउन औपचारिक वार्ता हुन लागेको बताएको छ । एशिया–प्रशान्त क्षेत्रका लागि राष्ट्रपति जो बाइडेनका संयोजक कर्ट क्याम्पबेलले गत साता ताइवानसँगको अमेरिकी सम्बन्धलाई सघन बनाउने प्रयासस्वरूप व्यापार वार्ता हुनलागेको गत साता सञ्चारकर्मीलाई बताएका थिए । उनले ताइवानप्रतिको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि स्पष्ट गरेका थिए ।
अमेरिकाको ताइवानसँग कुनै आधिकारिक सम्बन्ध छैन तर यसको अनौपचारिक दूतावासको काम ताइवानस्थित अमेरिकन इन्स्टिच्युटले गर्दै आएको छ । वासिङ्टनले चीन र ताइवानको हैसियतमा कुनै अडान नराख्ने तर उनीहरूको विवाद शान्तिपूर्णरूपमा समाधान गर्न चाहेको बताएको छ ।
सन् १९४९ को गृहयुद्धपछि चीन र ताइवान विभाजन भएका थिए तर चीनले ताइवानलाई आफ्नो क्षेत्र मानेर ‘एक राष्ट्र दुई प्रणाली’अनुसार त्यहाँ चिनियाँ शासन प्रणाली लागू गरेको छ । बेलाबेलामा बेइजिङले आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनःदाबी गर्न सक्ने चेतावनी पनि दिँदै आएको छ ।
अमेरिकाले पनि ‘एक चीन’ नीति पालना गर्दै आएको छ । उसले ताइपेइलाई चीन सरकारको रूपमा मान्यता पनि दिएको छ तर ताइवानसँग अनौपचारिक रक्षालगायत अन्य सम्बन्धलाई पनि कायम राखेको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया