सत्तापक्षकै सांसदले गरिन् नागरिकता विधेयककाे विपक्षमा मतदान
काठमाडौं । सत्ता पक्षकै सांसदले नागरिकता विधेयकको विपक्षमा मतदान गरेकी छिन् ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विधेयकको विपक्षमा मतदान गरेकी हुन् ।
विधेयक पारित गर्ने दिन संसद्मा १९५ जना सांसद उपस्थित भएकोमा पक्षमा १३५ र विपक्षमा ६० मत विपक्षमा परेको थियो ।
सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन गर्दा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद र पौडेल विपक्षमा उभिएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली भने मतदानमा उनुपस्थित थिए ।
सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपालगायत दलले विधेयकको पक्षमा मत दिएका थिए ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया