बिजबजारले ‘साउथ एसियन किक बक्सिङ च्याम्पियनसिप २०२२’ मा राष्ट्रिय खेलाडीलाई प्रायोजन गर्दै

काठमाडाैं बिजबजारले ‘साउथ एसियन किक बक्सिङ च्याम्पियनसिप २०२२’ मा राष्ट्रिय खेलाडी शिवानी श्रेष्ठलाई प्रायोजन गर्ने भएको छ । बिजबजारमा कार्यरत तेक्वान्दो, कराते र किक बक्सिङकी राष्ट्रिय खेलाडी श्रेष्ठ यही २० र २१ अगस्टमा भुटानमा आयोजना हुने उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धीको रूपमा सहभागी हुन गइरहेकी छन् । सो प्रतिस्पर्धामा श्रेष्ठको प्रायोजक संस्थाको रूपमा बिजबजार लिमिटेड रहने भएको हो ।
So-Kyukoshin Karate द्वारा १०१९ मा प्लेयर अफ द एअर अवार्ड बाट सम्मानित भएकी श्रेष्ठ आठौँ राष्ट्रिय खेलकुदमा सिल्भर मेडलिस्ट भएकी थिइन् । दुई पटकसम्म वीर गणेश मानसिंह मेमोरियल किक बक्सिङ च्याम्पियनसिपमा उनले सिल्भर मेडल प्राप्त गरेकी थिइन् भने २०२१/२०२२ मा भारतमा आयोजित अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम भई स्वर्ण पदक समेत जित्न सफल भएकी थिइन्।
बिजबजारले शिवानी श्रेष्ठलाई यस प्रतिस्पर्धामा हौसला र समर्थक प्रदान गर्न पाउँदा गौरवान्वित महसुस गरेको जनाएको छ । अहिलेको युगमा कर्पोरेट संस्थाहरूले आफ्ना कर्मचारीहरूको कला, सिप, क्षमता र इच्छा प्रतिको लगावलाई उत्प्रेरित तथा समर्थन गर्न आवश्यक रहेको बताउँदै बिजबजारको यही नीतिले एउटा दक्ष, सक्षम र प्रभावशाली टिमको निर्माण गर्न मद्दत पुगेको कुरा बताएको छ।
आरकेडी समूहले नेपाली बजारलाई डिजिटाइज गर्ने उद्देश्यका साथ सहायक कम्पनी बिजबजारलाई पब्लिक कम्पनीको रूपमा स्थापना गरेको हो। बिजबजार व्यवस्थित, डिजिटल-मैत्री ई–कमर्स प्लेटफर्म हो जसले लाखौँ मानिसहरूलाई ब्रान्ड सिर्जना गर्न, तिनीहरूका कथाहरू सुनाउन र आफ्ना ग्राहकहरूसँग अनलाइन मार्फत सरल, सुरक्षित एवम् भरपर्दो तवरले कारोबार गर्न नवीन विचारहरूको साथ सहयोग गर्ने लक्ष्य राख्दछ।
प्रतिक्रिया