‘प्रेमगीत ३’ को दोस्रो टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’ को नेपाली र हिन्दी संस्करणमा दोस्रो टिजर सार्वजनिक गरिएको छ । असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन् ।
चलचित्र २ सय वर्ष पुरानो लभस्टोरीमा बनाइएको बताइएको छ । नेपाली चलचित्र क्षेत्रमा उक्त चलचित्र नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको पहिलाे चलचित्र हाे । भारतमा चलचित्रलाई जी-म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको छ ।
चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।
यसअघि चलचित्रको अन्य दुई श्रृङ्खला ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भएका छन्। टिलर नेपालीमा ओएसआर डिजिटल र हिन्दीमा स्पार्कलिङ स्टुडियोमार्फत सार्वजनिक भएको छ ।
https://www.youtube.com/watch?v=nBDGb8u-hOc
प्रतिक्रिया