नेपाली घ्यू जापानमा लोकप्रिय, १ करोडभन्दा बढी निर्यात
काठमाडौं । नेपालमा निर्यातको तुलनामा निकै कम घ्यू आयात हुने गरेको पाइएको छ । आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा कुल १ लाखको घ्यू आयात भएको हो ।
भन्सार विभागको तथ्यांकअनुसार एक वर्षमा एक लाख ८९ हजार रुपैयाँ बराबरको २८२ केजी घ्यू आयात भएको छ । तथ्यांकअनुसार नेपालले भारतबाट घ्यू आयात गरेको छ । सो मूल्य बराबरको घ्यूआयात गर्दा सरकारले एक लाख १० हजार रुपैयाँको राजश्व संकलन गरेको छ ।
१ करोडको घ्यू निर्यात
नेपालबाट भारत, हङकङ, क्यानडा र जापानमा घ्यू निर्यात हुने गरेको पाइएको छ । १ वर्षमा नेपालबाट विदेशमा कुल एक कराेड ९३ लाख ५२ हजार रूपैयाँ बराबरकाे घ्यू निर्यात भएको छ ।
विभागका अनुसार सबैभन्दा बढी घ्यू जापानमा निर्यात भएको छ । उक्त देशमा १२ महिनाको अवधिमा कुल एक करोड ८७ लाख ६९ हजार रुपैयाँको २० हजार ३०५ केजी घ्यू निर्यात भएको छ ।
त्यसपछि भारतमा ३ लाख ९२ हजार रुपैयाँको ८३८ केजी घ्यू निर्यात भएको छ । घ्यू निर्यात हुने अर्को देश क्यानडाबाट १ लाख ९० हजारको ४६० केजी र हङकङमा १ हजारको घ्यू निर्यात भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया