कुमारी बैंकबाट आइपिओ भर्दा पैसा नलाग्ने

काठमाडौं । कुमारी बैंकको सम्पूर्ण खाताहरुमा सीआश्वा आवेदन शुल्क नलाग्ने भएको छ । बैंकले भदौ १ गतेदेखि बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका पुंजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क नलाग्ने जनाएको छ ।
यसभन्दा अघि बैंकले सीआश्वा आवेदन शुल्क २० रूपैयाँ लिँदै आएको थियो । ग्राहकहरुको पुंजीबजारमा बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंकले उक्त छुट ल्याएको बैंकले जनाएको छ । यसले नयाँ लगानीकर्ता, युवा, विद्यार्थी लगायत बैंकका सम्पूर्ण ग्राहकहरुलाई विशेष लाभ प्राप्त हुने विश्वास बैंकले व्यक्त गरेको छ ।
बैंकले १९७ शाखा–संजाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिंग इकाई तथा २४ एक्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया