यस्तो रह्यो कृष्ण जन्माष्टमी (फोटो फिचर)

काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी । आज देशभर कृष्ण मन्दिरहरूमा हिन्दू धर्मालम्बी भक्तजनको घुँइचो लागेको थियो ।
पाटनको कृष्ण मन्दिरमा पनि भक्तजनहरूको घुँइचो देखिएको थियो । भक्तजनहरूलाई दर्शनका लागि व्यवस्थित ढंगले लाइनको व्यवस्था गरिएको थियो ।
भीडभाड भएकाले कोरोना संक्रमण नफैलियोस् भन्नका लागि स्यानिटाइज गरिएको थियो ।
भक्तजनले आफ्ना बालबालिकालाई श्रीकृष्णको जस्तो पोसाक लगाइदिएर सिंगारपाटारसहित ल्याएका थिए । बालबालिकाको तस्बिर खिच्न अभिभावकहरू रमाइरहेका देखिन्थे ।
भक्तजनको स्वास्थ्यलाई ध्यानमा राखेर हेल्थ डेस्कको समेत व्यवस्था गरिएको थियो । पानी र माक्स पनि निःशुुल्क ब्यवस्था गरिएको थियो ।
ताजा अपडेट
-
नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया
-
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
प्रतिक्रिया