राष्ट्रपति भण्डारीले गरिन् कृष्ण मन्दिर दर्शन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गरेकी छिन् । आज भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उनले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गरिन् ।
मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायले भण्डारीलाई मन्दिरको जलले अभिषेक गरी प्रसाद प्रदान गरेका थिए । साथै पुजारी टोलीले उनलाई अन्य बाँकी प्रसादसमेत प्रदान गरेका थिए ।
राष्ट्रपति भण्डारीले कृष्णको दर्शन र आरधनासँगै पाटनमा रहेको मङ्गहिटीसमेतको बारेमा जानकारी लिएकी थिइन् ।
सोही क्रममा राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफूहरुले नेपाल सरकारसँग एक रुपैयाँ नलिई कृष्ण मन्दिर नजिकै रहेको व्यापारीको आराध्यदेव भीमसेन मन्दिर पुनर्निर्माण गरेको जानकारी गराए ।
राष्ट्रपति भण्डारीले आज करिब पाँच मिनेट समय पाटन कृष्ण मन्दिर परिसरमा बिताएकी थिइन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया