प्रदिप गिरीको स्वास्थ्यवस्था स्थिर

काठमाडौं । नेपाली कांग्रेका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदिप गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माका अनुसार गिरीको स्वास्थ्य उपचारमा खटिएका चिकित्सक तथा परिवारले गिरीको अवस्था हाल स्थिर रहेको जानकारी दिएका हुन् ।
ललितपुुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत गिरी लामो समयदेखि क्यान्सरले थलिएका थिए । भारतबाट उपचार गराएर फर्किएका गिरीलाई निमोनिया भएपछि स्वास्थ्य अवस्था झन् जटिल भएको हो । हाल निमोनिया बढेकाकारण उनको शरीरका अन्य अंग पनि फेल भइरहेको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया