अन्तत: रहेनन् कांग्रेस नेता गिरी
काठमाडौं । नेपाली कांग्रेका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदिप गिरीको मृत्यु भएको छ ।
अस्पताल स्रोतका अनुसार उनले शनिबार राति ९ः३० मा देह त्याग गरेका हुन् ।
विगत लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उनलाई साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।
भारतबाट उपचार गराएर फर्किएका गिरीलाई निमोनिया भएपछि स्वास्थ्य अवस्था झन् जटिल भएको थियो ।
क्यान्सरले थलिएका गिरीको निमोनिया बढेकाकारण शरीरका अन्य अंगले पनि काम गर्न छोडेका थिए ।
उनको पार्थिव शरीरलाई भोलि विहान ९ बजेदेखि ११ बजेसम्म अस्पतालको शिवालय मन्दिरमा श्रद्धाञ्जलीका लागि राखिनेछ । त्यस्तै, नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा विहान ११ः३० दखि ३ः३० सम्म श्रद्धाञ्जलीका राखिने जनाइएको छ ।
पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्र प्रदिप गिरीको जन्म विसं २००४ मा सिरहाको बस्तीपुरमा भएको हो । उनी पछिल्लो आम निर्वाचनमा प्रतिनिधिसभाका लागि सिरहाको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।
समाजवादी चिन्तक नेता गिरी नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक थिए । नेता गिरी २०२१ सालको राजनीतिक परिवर्तनपछि राजनीतिमा सक्रिय भएका हुन् ।
हाल प्रतिनिधिसभा सदस्य रहेका उनी २०२४ सालमा बनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित भएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया