गिरीलाई श्रद्धाञ्जली दिने समय आइतबार ९ देखि दुई बजेसम्म
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति कांग्रेस संसदीय दलले गहिरो दुःख व्यक्त गरेको छ ।
नेपाली कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक शोक विज्ञप्ति प्रकाशित गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनले दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
सचेतक विश्वकर्माले स्वर्गीय गिरीको अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म नेपाल मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा पार्थिव शरीर राखिने जानकारी दिएका छन् ।
पार्टी संसदीय दलका अनुसार बिहान ११ः०० बजेदेखि दिउँसो ०२ः०० बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, सानेपा ललितपुरमा पार्थिव शरीरलाई श्रद्धाञ्जलीका राखिने र त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने छ ।
क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया