स्व. गिरीबारे देउवाले के भने ?
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन् ।
देउवाले गिरीलाई बैचारिक र समाजवादी चिन्तक रहेको बताउँदै उनले निधनको खबरले आफू निकै स्तब्ध भएको बताएका छन् ।
गिरीको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको उनको भनाइ छ ।
‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरीजीको निधनको खवरले निकै स्तव्ध भएको छु,’ देउवाले फेसबुकमा लेखेका छन्, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’
देउवा र गिरी लामो समय कांग्रेसको एउटै गुटमा रहेर सहकार्य गर्दै आएका थिए । गिरिजाप्रसाद कोइरालाविरुद्ध संघर्ष गर्दा देउवालाई गिरीले साथ दिएका थिए ।
गिरीको गएराति निधन भएको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया