गिरीलाई श्रद्धाञ्जली दिँदै कांग्रेस नेताहरू (४ तस्बिरसहित)

काठमाडौं । शनिबार राति निधन भएका कांग्रेस नेता प्रदीप गिरीको शबलाई नख्खुस्थित मेडिसिटी अस्पतालबाट पार्टी कार्यालय सानेपा ल्याइएको छ । आज बिहान साढे ११ बजे ल्याइएको हो ।
अब दिउँसो २ बजेपछि अन्त्येष्टिका लागि पशुपतिस्थित कार्यघाट लगिने कांग्रेसले जनाएको छ ।
अहिले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङलगायत नेताले श्रद्धाञ्जली दिइरहेका छन् ।
नेताहरूले गिरीकाे पार्थिव शरीरमा कांग्रेसको झण्डासमेत ओढाएका छन् ।
गिरीलाई श्रद्धाञ्जली दिन अस्पताल परिसरमा नेता कार्यकर्ताको भीड [फोटो फिचर]
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया