अफगानिस्तानमा बाढी : १० को मृत्यु सयौं घरहरू ध्वस्त
काठमाडाैं । अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा शनिबार आएको बाढीमा परी कम्तीमा १० जनाको ज्यान जानुको साथै सयौं घरहरू ध्वस्त भएका सरकारी समाचार संस्था बख्तरले आइतबार जनाएको छ ।
भारी वर्षापछि आएको बाढीको कारण शनिबार दिउँसो लोगार प्रान्तको खुशी जिल्लाका धेरै गाउँहरुका दश जनाको मृत्यु भएको छ र सयौं घरहरु बगाएको वा नराम्ररी क्षति पुगेको समाचार बख्तरले जानकारी दिएको छ ।
बाढीले खुशी जिल्ला आसपासका सयौं हेक्टर खेतबारीसमेत नष्ट गरेको छ । विगत केही महिनामा युद्धग्रस्त यस देशका ३४ प्रान्तमध्ये दश प्रान्तमा अविरल वर्षा र बाढीका कारण दुई सय भन्दा बढी व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया