एमाले अध्यक्ष ओलीले आर्यघाट पुगेर दिए गिरीप्रति अन्तिम श्रद्धाञ्जली
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदिप गिरीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
आइतबार पशुपतिको आर्यघाटमा पुगेर ओलीले स्व.गिरीको अन्तिम विदाइ गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली श्रद्धाञ्जली व्यक्त गर्न कांग्रेसको पार्टी कार्यलय सानेपा नगइ आर्यघाट गएका हुन् ।
शनिबार राति लालितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरिको अन्तिम विधाइमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू, राजनीतिक दलका नेताहरूलगात पुगेका थिए । गिरीको शवलाई कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट आर्यघाट लगिएको थियो । सिराह–१ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको राजकीय सम्मानका साथ अन्येष्टि गरिँदैछ ।



ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया