जापानका प्रधानमन्त्री किशिदा कोरोना संक्रमित
काठमाडाैं । जापानका प्रधानमन्त्री फुमियो किशिदा कोरोना संक्रमित भएका छन् । प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै मिडिया रिपोर्टहरूले जनाएअनुसार उनमा संक्रमणसँगै हल्का लक्षणहरू पनि देखिएको छ।
उनी अहिले आफ्नो सरकारी निवासमा आराम गरिरहेका छन् । उनलाई शनिबार राति हल्का ज्वरो र खोकी जस्ता लक्षणहरू देखिएको थियो । जापानको स्थानीय सञ्चारमाध्यम क्योडो नेले जनाएअनुसार ६५ वर्षीय प्रधानमन्त्रीले आफ्नो परिवारसँग करिब साता लामो गर्मी बिदा मनाएर सोमबारदेखि नियमित काममा फर्किने कार्यक्रम तय गरिएको थियो । तर उनमा शनिबारदेखि संक्रमणको लक्षण देखिन थालेपछि अहिले आराम गरिरहेका छन् ।
जापनामा पछिल्ला दिनहरूमा कोरोना संक्रमण तीव्र हुँदै गएको छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया