९४ वर्षीयाले जितिन् दौडिएर स्वर्ण पदक !
काठमाडौं । नेपालीको औसत आयुभन्दा धेरै हो, ९४ वर्ष । यो उमेरका अधिकांश व्यक्तिलाई दैनिक जीवनयापन गर्न पनि अरूको सहारा चाहिन्छ ।
भारतकी भगवानीदेवी डागरको हकमा भने यो कुरा लागू हुँदैन । उनी अहिले खेलकुद प्रतियोगितामा सहभागी भइरहन्छिन् । आफूलाई प्रतिस्पर्धीभन्दा अब्बल सावित गर्न कडा अभ्यास गरिरहन्छिन् ।
उमेरले ९४ वर्षीया उनले हालै अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेकी छन्, त्यो पनि दौडिएर ।
फिनल्याण्डमा आयोजित वर्ल्ड मास्टर्स एथलेटिक्स च्याम्पियनसिपमा भगवानीले विश्वलाई नै अचम्मित पार्दै स्वर्ण पदक हात पारेकी हुन् । उनले प्रतियोगितामा एक स्वर्ण र दुई कास्य पदक जितेकी छन् ।
प्रतियोगितामा विश्वका वरिष्ठ नागरिक सहभागी थिए । यो उनीहरूकै सम्मानमा आयोजना गरिएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार भगवानीले सय मिटर दौड २४ः७४ सेकेन्डमा पूरा गरिन् ।
नातिबाट प्रशिक्षण पाएकी उनले सात महिना अगाडि मात्रै दौडन सुरु गरेकी थिइन् । सुरुमा उनले जिल्लास्तरमा प्रतिस्पर्धा गरेकी थिइन् । यसमा उनी अब्बल ठहरिन् । यसबाट उत्साहित उनी भेट्रान्सहरूबीच हुने एथलेटिक्समा सहभागी भइन् । तर उनलाई कसैले पनि हराउन सकेनन् ।
भगवानीले सन् २००७ मा हर्टअट्याकको सामना गरेकी थिइन् । यसबाट बचाउन उनको बाइपास हर्ट सर्जरी गरिएको थियो । चिकित्सकले उनलाई आराम गरी बस्न सुझाएका थिए । तर उनी लुकिछिपी फिटनेस अभ्यास गर्थिन् । सन् २०१९ मा भगवानीका नातिले हजुरआमाको कुदाइ देखेर भेट्रान्स लेबलमा प्रतिस्पर्धा गराउने सोच बनाएका थिए । यही सोचअनुसार उनले हजुरआमालाई अभ्यास गराएका थिए ।
यो उमेरमा खेलकुदको माध्यमबाट राष्ट्रलाई चिनाउन पाउँदा भगवानी निकै खुसी छन् । ‘केही उदाहरणीय काम गर्ने सोच बनाएकी थिएँ, यो उमेरमा आएर राष्ट्रको शिर उचो हुने काम गर्न सकेँ । यसमा म खुसी छु,’ उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भनिन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया