बुल्गेरियाका काम चलाउ प्रधानमन्त्री एकान्तवासमा
एजेन्सी । बुल्गेरियाका काम चलाउ प्रधानमन्त्री गलाब डोनेभ एकान्तवास (क्वारेन्टाइन)मा बसेका छन् । कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको सम्पर्कमा पुगेको जानकारी पाएपछि उनले आफू एकान्तवासमा बस्न लागेको बताएका हुन् ।
उनको सचिवालयले वक्तव्य प्रकाशित गर्दै एकान्तवासमा रहेपनि स्वास्थ्यमा भने कुनै समस्या नदेखिएको उल्लेख गरेको छ । वक्तव्यमा लेखिएको छ, “प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या छैन, कोरोना भाइरस नियन्त्रण सम्बन्धी मापदण्ड अनुसार उहाँ अहिले एकान्तवासमा बस्नु भएको हो ।”
उनले एकान्तवासमा बसेको भएपनि त्यहीबाट गर्न सकिने र गर्न मिल्ने काम भने गरिरहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ । बुल्गेरियामा अहिलेसम्म १२ लाख ३३ हजार चार सय ७० जना कोरोनाबाट सङ्क्रमित भएका छन् । तीमध्ये चार सय २० जना पछिल्लो एक दिनमा सङ्क्रमित भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया