रामपुरमा शहीद स्मृति पार्क निर्माण
पाल्पा । पाल्पाको रामपुरमा शहीद स्मृति पार्क निर्माण गरिएको छ । पर्यटकीय विकास गर्ने उद्देश्यले रामपुर नगरपालिका–३ स्थित सानीअमराई सामुदायिक वन क्षेत्रमा पार्क निर्माण गरिएको हो । १४ लाख ४२ हजार रुपैयाँ केन्द्रीय बजेट तथा स्थानीयको एक लाख ४५ हजार रुपैयाँ जनश्रमदान गरी करिब १५ लाख ८७ हजाररुपैयाँको लागतमा पार्क निर्माण गरिएको समितिका अध्यक्ष सूर्यनारायण श्रेष्ठले बताए । नवनिर्मित पार्कको प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री दलबहादुर रानाले आइतबार उद्घाटन गर्दै शहीदको सम्झनाका लागि निर्माण गरिएको पार्कले पर्यटकीय विकासमा टेवा पुग्ने बताएका छन्
पार्कलाई व्यवस्थित बनाउन विभिन्न संरचना थप गर्दै जानुपर्ने उनको भनाइ छ । डिभिजन वन कार्यालय पाल्पा र रामपुर डिभिजन वन कार्यालयको व्यवस्थापनमा पार्क निर्माण गरिएको हो । डिभिजन वन कार्यालयका प्रमुख दीपक ज्ञवालीले सामुदायिक वनको संरक्षणसँगै पर्या–पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया