दुवाडी सचिवमा बढुवा

काठमाडौं । सरकारले सहसचिव नारायण शर्मा दुवाडीलाई सचिवमा बढुवा गरेको छ । आजको मन्त्रिपरिषद्को बैठकले दुवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले बतायो ।
यसअघिको बैठकमा पनि उनको नाम पटक पटक बढुवाका लागि सिफारिस भएका थिए । स्रोतका अनुसार हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत दुवाडीलाई सुदूरपश्चिम प्रदेशमा मुख्य सचिवका रूपमा खटाउने निर्णय भएको छ ।
हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मण अर्यालले अवकास पाएसँगै प्रशासनतर्फ सचिव पद रिक्त थियो । सोही पदपूर्तीका लागि लोकसेवा आयोगको बढुवा समितिको बैठकले त्यसका लागि दुवाडीसँगै घनश्याम उपाध्याय र दिनेश घिमिरेको नाम पनि सिफारिस गरेको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया