‘प्रेम गीत ३’ को हिन्दी गीत सार्वजनिक
काठमाडौं । असोज ७ देखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको चलचित्र ‘प्रेमगीत ३’को हिन्दी गीतको गीतिएल्बम सार्वजनिक भएको छ। उक्त एल्बममा ४ गीत समावेश गरिएको छ ।
चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन् । नेपाली चलचित्र क्षेत्रमा नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुन यो पहिलो चलचित्र हो । ३ दिनअघि चलचित्रको दोस्रो टिजर सार्वजनिक गरिएको थियो ।
चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ। गीतको एल्बम जि न्यूज कम्पनीले सार्वजनिक गरेको हो ।
ताजा अपडेट
-
नापी कार्यालयका दुई कर्मचारीविरुद्ध घुस मागेको आरोपमा भ्रष्टाचार मुद्दा दायर
-
नेपालको विपत्तिमा अस्ट्रेलियाको ऐक्यबद्धता : ‘तपाईँहरू यो पीडामा एक्लै हुनुहुन्न’
-
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक
-
७२ वर्षीया हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
-
भग्नावशेषबाट जीवित भेटिएपछि उद्धारमा कमजोरी भयो कि भन्ने परेको छ


प्रतिक्रिया