सप्तरीमा माइक्रो बस दुर्घटना : एक जनाको मृत्यु, १३ घाइते
काठमाडौं । सप्तरीमा माइक्रो बस दुर्घटना भएको छ । गुडिरहेको माइक्रो बस टायर पड्किएर सोमबार दुर्घटना भएको हो ।
दुर्घटनामा परी एक जनाको मृत्यु भएको तथा १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख २३१० नम्बरको माइक्रो बसको पछाडिको टायर पड्किएपछि अनियन्त्रित भएर पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा कन्काई नगरपालिका ८ बस्ने ५२ वर्षीया अमृता ओली रहेको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया