एनएमबि बैकद्वारा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा
काठमाडौं । एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ ।
महिलाहरूलाई थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडि बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैकद्वारा सञ्चालन गरेको यस कार्यक्रमले भविष्यमा थप टेवा पुग्ने अपेक्षा बैंकले राखेको छ ।
कार्यक्रममा एनएमबि बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका महिला पदाधिकारीहरू, महिला उद्यमीहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका महिला प्रमुख कार्यकारी अधिकृतहरू उपस्थिति रहेको थियो ।
एनएमबि बैंकमा प्रदेश नम्बर १ मा टंकीसिनुवारी,मधेस प्रदेशमा महोत्तरी,बागमती प्रदेशमा बल्खु,गण्डकीमा चाउथे,लुम्बिनी प्रदेशमा भलवारी,सुदूरपश्चिम प्रदेशमा धनगढी शाखाको नेतृत्व महिलाले गरेका छन् ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया