जब चालकले आफैँले चलाउने गरेको टिपर जलाए !
काठमाडौं । दाङमा एक चालकले आफैँले चलाउने गरेको टिपर जलाएका छन् । चालक अरुण चौधरीले बीमाको लोभमा परी आफैंले चलाउने टिपर जलाएको प्रहरीले जनाएको छ ।
चालक अरुण र सहचालक आकाश चौधरीले नेपाल बन्दको मौका पारेर मंगलबार बिहान टिपरमा आगजनी गरेको पुष्टि भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरको छ । चालक र सहचालकलाई पक्राउ गरेको हो ।
चालक अरुणले गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आफैँले आगजनी गरेको बयान दिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) राजनकुमार गौतमले बताए ।
घोराही–लमही सडकखण्डको बबई खोलाको पुलमा रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि प्रहरीले चालक र सहचालकलाई घटनाबारे सोधपुछ गरेको थियो । चालक अरुणले सुरुमा पाँच जनाको अज्ञात समूहले टिपरमा आगो लगाएर भागेको बताएका थिए ।
तर, अन्य सवारीसाधन निर्वाध रुपमा चलेको देखेपछि शंका लागेर सोधपुछ गर्दा उनीहरूले वास्तविक कुरा स्वीकारेका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया