साउनमा १ खर्बको आयात, १४ अर्बको निर्यात
काठमाडाैं । चालु आव २०७९/८० को पहिलो महिना अर्थात साउनमा १ खर्बभन्दा बढीको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त आवमा कुल १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रूपैयाँ बराबरको वस्तु आयात भएको हो ।
गत आव ९२०७८र७९० को सोही महिनाको तुलानमा आयात १२.९० प्रतिशतले घटेको हो । गत आवको सोही महिनामा आयात एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रूपैयाँको वस्तु आयात भएको थियो ।
त्यस्तै चालु आवको साउनमा १४ अर्ब ८० करोड ९७ लाख रूपैयाँ बराबरको वस्तु विदेशमा निर्यात भएको विभागको तथ्यांक छ । जुन गत आवकोको सोही महिनाको तुलानमा २८।६८ प्रतिशतले कमी हो । गत आवकोको सोही महिनामा नेपालबाट २० अर्ब ७६ करोड ५१ लाख १७ हजार रूपैयाँ बराबरको विभिन्न वस्तु निर्यात भएको थियो ।
१ अर्ब १६ करोडको व्यापार घाटा
चालु आवको साउनमा व्यापारघाटामा पनि कमी आएको छ । साउनमा नेपालको विभिन्न मूलुकसँग व्यापारघाटा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार रूपैयाँ रहेको छ । जुन गत आवको सोही महिनाको तुलानमा १० प्रतिशतले कमी हो । गत आवको सोही महिनामा नेपालको विभिन्न देशसँग व्यापारघाटा १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख रुपैयाँ थियो ।
३१ अर्बको राजश्व संकलन
विभागको तथ्यांकअनुसार साउनमा कुल १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रूपैयाँ बराबरको वस्तु आयात गर्दा ३१ अर्ब ९६ करोड १६ लाख ४१ हजार रूपैयाँ राजश्व संकलन गरेको छ ।
सबैभन्दा बढी डिजेल आयात
चालु आवको साउनमा नेपालले सबैभन्दा बढी डिजेल आयात गरेको छ । सोही आवको सोही महिनामा नेपालमा ८ अर्ब ९८ करोड ९ लाख रुपैयाँको डिजेल आयात भएको हो । त्यस्तै, ६ अर्ब ३८ करोड ५९ लाख रुपैयाँको पेट्रोल आयात भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया