माली मिसनमा खटिन सशस्त्रले पायो अनुमति
काठमाडौं । सरकारले माली मिसनमा खटिन सशस्त्र प्रहरी बललाई स्वीकृति प्रदान गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रको फम्र्ड पुलिस युनिट (एफपियू) मालीमा खटाउन स्वीकृति दिएको हो ।
यसअघि संयुक्त राष्ट्र संघले सशस्त्रलाई मालीमा खटाउने निर्णय गरी त्यसबारे पत्राचार गरेको थियो ।
योसँगै अब सशस्त्र प्रहरी माली मिसनमा खटिने भएको छ । यसका लागि सशस्त्रले १४० जना खटाउन तयारी अघि बढाएको छ । त्यहाँ खटिने टोलीको छनोटसँगै तालिम तथा बन्दोबस्तीका सामान खरिदका लागि सशस्त्रले तयारी अघि बढाएको हो ।
सशस्त्रको कार्यक्षेत्र किदाल तोकिएको छ । यो मालीको जोखिमपूर्ण क्षेत्र मानिन्छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया