धौलागिरी लघुवित्तको आइपिओ बाँडफाँट, भाग्यमानी ५ जना आवेदकले पाए ११ कित्ता सेयर

काठमाडाैं । धौलागिरी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँट भएको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज बुधबार बिहान आइपिओ बाँडफाँड सम्पन्न गरेको हो ।
क्यापिटलका अनुसार आइपिओमा कुल १८ लाख ६५ हजार ९ सय २६ जना आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो ।जसमध्ये १२ सय ८६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
बाँकी १८ लाख ६४ हजार ६ सय ४० जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट कुल ३० हजार ९ सय २९ जना आवेदकले शेयर पाएका छन् । यीमध्ये ५ जना आवेदकले ११ कित्ता सेयर पाएका छन् भने बाँकिले १० कित्ता सेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएकामध्ये १८ लाख ६४ हजार १ सय ८३ जना आवेदक हात खाली भएका छन् ।
आइपिओको नतिजा सिडीएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट http://www.sunrisecapital.com.np/ र धौलागिरी लघुवित्त कम्पनीको वेबसाइट https://dhaulagiribank.com/ बाट पनि हेर्न सकिने छ ।
वेबसाइटबाट नतिजा हेर्न भने केही समय कुर्नुपर्ने छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया